तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं। बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको भने केहीँ मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार