सर्पले टोक्दा बालिकाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

दाङ। सर्पले टोक्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले टोक्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा २५ वर्षीया आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताउनुभयो ।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार