श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं। दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो । 

कुटपिटबाट मृत्यु भएका इश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार कुमाल दम्पति दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँहरुका तीन छोरी एक छोरा छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार