नेकपा एसले बागमती मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

Nagarik Sewa 1537+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने सहमति भएको छ । नेकपा एसले बागमती मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता कृष्णप्रसाद खनालले आफ्नो पार्टीले मुख्यमन्त्रीलाई मत दिने जानकारी दिनुभयो । 

कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराउनु भएको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार