काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ ।आज नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा पुगेको छ ।
सोमबार ३१४ कम्पनीका ५० हजार ५ सय २४ पटकको कारोबारमा ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४२ अंकले घटेर ३५५ दशमलव ७८ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने प्रोमोटर सेयरको कारोबार सबैभन्दा कम भएको छ ।