सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

Nagarik Sewa 1537+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ । वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गर्नुभएको थियो।

फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। साथै, मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार