साफ यू २० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

Nagarik Sewa 1537+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

काठमाडौं। काठमाडौंमा जारी साफ यू २० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो । समूह ‘ए’ का दुबै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १-० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । भदौ २ गतेदेखि शुरुभएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार