तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

काठमाडौं। नेपालमा लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सोमाबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ रहेको थियो । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर बढिरहेको छ ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार