बस दुर्घटना हुँदा १६ जना घाइते

Nagarik Sewa 1537+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

कैलाली । डोटीको समुहगाडमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा राखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको बताइएको छ ।


बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्रनजिकै दुर्घटना भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार