क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालको शुभकामना सन्देश

Nagarik Sewa 1537+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ। शुभकामना सन्देश जारी गरी प्रधानमन्त्रीले राष्ट्रिय टोलीले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभएको छ।

‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ। यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचेको छ’, उहाँले भन्नुभएको छ, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार