काठमाडौं। निर्वाचन आयोगले बैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागी आजदेखि आचारसंहिता लागू गर्ने भएको छ ।
बैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
ती क्षेत्रमा बैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने पनि आयोगले जनाएको छ ।