तोलाको १ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको १ सयले घटेर १ लाख ४६ हजारमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार