माइक्रोमाथि रुख खस्दा ७ जना यात्रु घाइते

Nagarik Sewa 1537+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं। धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन्। धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ।००६ ख ६५१२ नम्बरको इभी माइक्रो बस गजुरी नजिक आइपुग्दा बसमाथि रुख ढलेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार यतिबेला घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पतालमा लगिएको छ। सो ठाउँमा पहिरो गइरहेका कारण गुडिरहेको बसमाथि पहिरोसँगै रुख आएको र यतिबेला अवरुद्ध उक्त सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै