काठमाडौँ । शैक्षिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको सेन्ट लरेन्स कलेजले शिक्षकहरूको शैक्षिक क्षमता अभिवृद्धिका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ ।
शिक्षक र विद्यार्थी बिचको आत्मियतालाई कायम गर्दै विद्यार्थीहरूको रूचि अनुरूपको शिक्षामा शिक्षकहरूलाई तालिक तथा शैक्षिक सीप अभिवृद्धिका लागि सेन्ट लरेन्स कलेज र काठमाडौं विश्वविद्यालय बिच सहकार्य भएको हो ।
काठमाडौँ विश्वविद्यालयको एजुकेसन डिपाटका तर्फबाट प्रोफेसर डा. बाल चन्द्र लुइँटेल र सेन्ट लरेन्सका तर्फबाट प्रधानाध्यापक पूरूषोत्तम महर्जनले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कक्षा १ देखि १२ कक्षासम्मका शिक्षक शिक्षिकाहरूलाई लक्षित गरेर विश्वविद्यालय सो कार्यक्रम अगाडि बढाइरहेको र विभिन्न विद्यालयहरूले यसमा सहकार्य गरेर अगाडि बढेको प्रोफेसर डा.बाल चन्द्र लुइँटेलले बताउनुभयो ।
त्यस्तै, शिक्षकहरूको क्षमता अभिवृद्धि सँगसँगै पाठ्यक्रम अनुरूपको शिक्षामा विद्यार्थीहरूको रूचिलाई पहिचान गरी विषयवस्तु केन्द्रित रूपमा विद्यार्थीहरूलाई पढाँउन सहज होस् भन्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय सँग सहकार्य गरिएको सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरूषोत्तम महर्जनले बताउनुभयो ।
सेन्ट लरेन्स कलेजले विद्यार्थीहरूको अभिरुचिलाई आत्मसात गर्दै प्ले ग्रुपदेखि मास्टर लेवलसम्मको विभिन्न विषयहरूमा केन्द्रीत रहेर पठनपाठन गराइरहेको छ ।