१५ करोड सहकारी ठगीको आरोप मुछिए कांग्रेस उपसभापति धनराज गुरुङः श्रीमती भने फरार

Nagarik Sewa 1537+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिनुभएको छ । उहाँविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको हो ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उहाँका पति कांग्रेस नेता धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराउनुभएको हो । ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङ निकट स्रोतकाअनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागजसमेत बनाउनुभएको छ ।

ज्योति गुरुङ हाल फरार रहेको र नेपालमै नरहेको जानकारी प्राप्त भएको छ ।स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा पनि यो उजुरी परेको छ । मितेरी सहकारीले बागमती प्रदेश सहकारी विभागमा २०७७/७८ यताको कुनै पनि लेखा परीक्षण विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार सहकारीले वार्षिक २५ करोडको कारोबार गरेको र १९ करोड बचत रहेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार