सरकारबाट बजेट स्वीकृत

Nagarik Sewa 1537+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको छ।  सरकारलाई हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।

सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै