आयरल्यान्ड ‘ए’लाई नेपालले दियो १९९ रनको लक्ष्य

Nagarik Sewa 1537+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन जोड्यो । 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १÷१ विकेट रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार