निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतपत्र पठायो

Nagarik Sewa 1537+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं। निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मतपत्र पठाएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको हो । 

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिनुभयो । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो । 

केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिनुभयो । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार