सौर्य एयरलाइन्सको विमान दुर्घटना

Nagarik Sewa 1537+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं। बुधवार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्ने वित्तिकै सौर्य एयरलाइन्सको ९ एन एएमई विमान दुर्घटना भएको छ। विमानमा १९ जना रहेको खुलेको छ। जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको हो। 

चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार