काठमाडौं। नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको हो ।
पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शपथ खुवाउनुभएको छ। पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । महाधिवेशनको म्यान्डेट अनुसार पार्टीले साउन ३ सय ४४ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी चयन गर्न बाँकी नै रहेको छ ।