पाकिस्तानमा १० आतंकवादीको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो । सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा परि कम्तीमा २० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । डेरा इस्माइल खानको दरबान इलाका चेकपोस्टमा भएको आक्रमणमा ४ सुरक्षाकर्मीको मृत्यु भएको हो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार