तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२० असार २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रूपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार