साफ यु १७ च्याम्पियनमा नेपाल भुटानसँग भिड्दै

Nagarik Sewa 1537+ समाचार ( )
९ अशोज २०८१, बुधवार

काठमाडौं। भुटानमा जारी साफ यु १७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

समूह ‘बी’ मा रहेको नेपाल र घरेलु टोली भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ ।

यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ । भुटान र पाकिस्तानले समूह ‘बी’ मा अपराजित रहँदै समान चार अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ,भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट तीन अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार