बाढी हेर्न गएका महोत्तरीका दुई युवाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडौं । बाढी हेर्न गएका महोत्तरीका दुई युवाको मृत्यु भएको छ । सोनीखोलाको बाढीले बगाउँदा १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै रोहित साहसँगै सोनीखोलाको बाढी हेर्न गएकी १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई सोनीखोलाको बाढीले बगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार