काठमाडौं । गायक प्रकाश दुतराजको गीत ‘रेशम’ करोड क्लबमा प्रवेश गरेको छ। दसैँको अवसरमा रिलिज गरिएको यस गीतलाई तीन सातामा करोड भ्युज मिलेको हो।
सार्वजनिक गीतको भिडिओलाई युट्युबमा एक करोड १ लाख १९ हजार पटक हेरिएको छ। सार्वजनिक गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ।
सार्वजनिक भएदेखिनै यस गीतले टिकटकदेखि रिल्समा चर्चा बटुलेको थियो। भेडा गोठालाको प्रेमकथालाई दर्शकहरुले निकै मन पराएका छन्। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा प्रकाशसहित विमला लिम्बुको अभिनय रहेको छ।