सिटी वालेटद्वारा दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावको घोषणा

Nagarik Sewa 1537+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौं ।  सिटी वालेट प्रालिले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ। कम्पनीले ग्राहकले आफैँ रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो। 

रु ५००० भन्दा बढी रकमको रेमिट्यान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २०० रुपैयाँ बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिट्यान्स भुक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई ५०० रुपैयाँबराबरको बोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  साथै दसैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ। आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा फ्लाइट२०० प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार