महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरु

Nagarik Sewa 1537+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं। प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । रायाविरुद्ध कुनै उजुरी भए इमेल, संघीय संसद सचिवालयको कार्यालयलगायतमा दिन सकिने छ। 

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । हिजो बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको थियो। महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार