वर्षाले पहिरो खस्दा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध

Nagarik Sewa 1537+ समाचार ( )
६ असार २०८१, बुधवार

सिन्धुली । लगातारको वर्षाले पहिरो खस्दा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको हो ।

लोकमार्गमा यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीचमै अलपत्र परेका छन् ।

लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रकसमेत पुरिएको छ । सो स्थानमा लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार