एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

Nagarik Sewa 1+ समाचार ( )
२१ असार २०८०, बिहीबार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्नका लागी बोर्ड बैठक बोलाएको छ । कुनै जटिल समस्या नआए आज नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड रहेको बुझिएको छ । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । 

बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताउनुभयो । 

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ ।

पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Shivam Kumar thakur २१ असार २०८०, बिहीबार

See results

Saniram tharu २१ असार २०८०, बिहीबार

Tharu

Alisha Subedi २१ असार २०८०, बिहीबार

04100402T

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार