तोलामा ३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार तोलामा ३ सयले घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार