असार १५ गते चितवनको रोपाईं महोत्सवमा प्रधानमन्त्री प्रचण्ड जाने

Nagarik Sewa 1537+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । बिहीबार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।

समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताउनुभयो । उहाँले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताउनुभयो ।

महानिर्देशक घिमिरेले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको बताउनुभयो । उहाँले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार