थाहा पाउनुहोस् करेलाका औषधीजन्य गुणहरु

Nagarik Sewa 1537+ समाचार ( )
१० असार २०८१, आइतबार

काठमाडौं ।  खाँदा तितो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ । तरकारी वा अचार जे बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा नै गर्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छन् ।

– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। 

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। 

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन्।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।

–    कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ।

–    डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।

–    करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ। 

–    बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ।


एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार