७९.८८ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं। आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४ अंकमा झरेको छ । आज १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ ।माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स १.०८ प्रतिशत बढेको छ भने बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५० प्रतिशतले घटेका छन् ।

यस्तै होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे। आज अपि पावर कम्पनीको कुल ८४ करोडको सेयर किनबेच हुँदा हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार