काठमाडौं। रुसी सेनामा कार्यरत पीडित परिवारले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार, राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले बेपत्ता भएकाहरूलाई स्वदेश फिर्ता गराइदिन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।