जनतालाई मर्का पर्ने काम नगर्न एमाले नेता पन्तले दिए बालेन शाहलाई चेतावनी

Nagarik Sewa 1537+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिनुभएको हो ।

सांसद पन्तले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो रु भनि प्रश्न समेत गर्नुभयो । काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद पन्तले काठमाडौंको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गर्नुभयो । सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार