झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए सवारीसाधन

Nagarik Sewa 1537+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन्। बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा समर्थकहरूले झापाका छुट्टा छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका हुन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका ८ स्थित बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रकमा आइतबार आगजनी गरेका थिए ।

सोमबार बिहान पूर्व(पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका ६ मा डब्लूबी ७३ ई ३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् ।

तीनवटै ट्रकमा क्षति पुगेकाले आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार