प्रतितोला १४०० ले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेको हो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ रहेको छ ।                                     

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार ६७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै