श्रीमानद्वारा धारिलो हतियार प्रहारगरी श्रीमतीको हत्या

Nagarik Sewa 1537+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । २२ वर्षिय अनिल विकले २१ वर्षिया श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

विक पर्वतिपुरकै एउटा फ्याक्ट्रीमा काम गर्ने कामदार हुन् । बर्दियाको बाँसगढी घर भएका विक कोहलपुर बस्दै आएका थिए । श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार