तोलामा २ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको १ लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो  चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार