बाढीले बगायो झोलुङ्गे पुल

Nagarik Sewa 1537+ समाचार ( )
२४ असार २०८१, आइतबार

चितवन। नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित न्यूरोड र नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति आएको बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । 

नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । शनिबारदेखि परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार