काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सर्वसाधारणका लागि दशैं लक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। दशैंमा नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो।
चाडपर्वलक्षित नोट सटहीको सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार पाँच सय नयाँ नोट दिँदै आएको थियो । यस पटक राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले नयाँ नोट नछापेर सोही परिमाणमा सुकिला नोट वितरण गर्न लागेको हो ।