न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति बाइडेनसँग भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य तथा अमेरिकी प्रथम महिला जिल बाइडेनबीच पनि भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रथम महिला जिल वाइडेनद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित स्वागत समारोहमा उहाँहरूबीच संक्षिप्त भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन असोज ५ गते न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । न्यूयोर्कमा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्राध्यक्ष, समकक्षी तथा विशिष्ठ व्यक्तिहरूसँग भेटघाट गरी रहनुभएको छ ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।