मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट निष्काशित

Nagarik Sewa 1537+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

काठमाडौं।  मंगलबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेको छ। रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । 

रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार