समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

Nagarik Sewa 1537+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं। आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । विपक्षी दलहरुले बाढीपहिरो र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बाढीपहिरो पीडितलाई उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको तयारी छ । नागरिकको आवश्यकता सम्बोधन गर्न र सुशासन कायम राख्न सरकार असफल भएको विपक्षी दलहरुको निष्कर्ष छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा भएको बैठकमा संसदको विशेष अधिवेशनबारे छलफल भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार