वामपन्थी एकता नहुनेः प्रधानमन्त्री दाहाल

Nagarik Sewa 1537+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताउनु भएको छ। आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताउनु भएको हो। 

उहाँले भन्नुभयो,  ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ ।’ प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि धनगढी पुग्नुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार