काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस भ्रमणमा जानुभएको छ ।
आगामी सेप्टेम्बर ३ देखि ६ सम्म आयोजना हुने ‘साउथ एसियन इकोनोमिक फोरमको प्यानल डिस्कसन’ मा सहभागी हुन अध्यक्ष नेपाल रुस प्रस्थान गर्नुभएको हो ।
रुसमा हुने कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन अध्यक्ष नेपाल आइतबार राति रुसतर्फ प्रस्थान गर्नुभएको हो । त्यहाँ चीन, रुस लगायत देशका कम्युनिष्ट नेताहरु बैठक छ’, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘रुसबाट पार्टी अध्यक्ष २२ भदौमा फर्कनुहुन्छ ।’
अध्यक्ष नेपाल रुस भ्रमणमा रहदा पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाण्डेले सम्हाल्नुहुनेछ । गत ९–११ भदौको केन्द्रीय कार्य समिति बैठकबाट पाण्डे वरिष्ठ उपाध्यक्ष चयन हुनुभएको थियो ।