सुदूरपश्चिम मुख्यमन्त्री शाहद्वारा राजीनामा

Nagarik Sewa 1537+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामा पत्र बुझाउनुभएको हो । 

यसअघि बिहीबार आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उहँँले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा हालै फेरिएको सत्ता समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि हाँ अल्पमतमा पर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार