नेप्सेमा वृद्धि

Nagarik Sewa 1537+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ । दसैं बिदापछि गत मंगलबारदेखि खुलेकाे सेयर बजार लगातार बढिरहेको छ ।

आज ८९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घट्यो । कुल १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भए । आज ८० हजार ५ सय ९५ पटकको सेयर किनबेचबाट ७ अर्ब १९ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ७ उपसमुह बढे भने अन्य उपसमूहहरु घटे । घट्ने उपसमूहहरुमा होटल तथा पर्यटन, ट्रेडिङ, जिवन बिमा, विकास बैंक रहे । बढ्ने उपसमूहहरुमा उत्पादन तथा प्रशोधन, फाइनान्स, बैंकिङ रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार