काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । यो सँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १(० को अग्रता लिएको छ । सिरिजको अर्को खेल आइतबार हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दि’ए’को २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो । नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रन बना ‘ए’ पनि जित भने दिलाउन सकेनन् । बम १०६ रनमा आउट भए । आरिफ अर्धशत बनाउनबाट एक रनले चुके । दुवैले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए। नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लि’ए’। आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए।