तोलामा २ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । 

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार